Gold
Bangad salyan

सल्लिबजार देवस्थल सडकमा बसेका पशु चौपाय तत्काल हटाउन मेयर कर्ण बुढाथोकीको निर्देशन

जेठ ९

काठमान्डौ – सल्लिबजार देवस्थलका सडकमा पशु चौपाय नछोड्न नगरप्रमुख कर्णबहादुर बुढाथोकिले निर्देशन गरेका छन।

बनगाड कुपिन्डे नगरपालिका १ सलिबजार देखि देवस्थल सडकमा रात भरमा गाई गोरु छरुवा देखिने गरेका छन।

सडक यात्रालाई मध्यनजर गर्दै उनले रातीमा यात्रा गर्नेहरु जोखिममा रहेको समेत देखीएको बताए ।

व्यस्त सल्लिबजारमा पनि रात भर पशु चौपाय सडक भर देखिने गर्दछन भने जाजरकोट जाने सडक पुलमा पशु चौपाय सडक नै बन्द गरेर बसेका हुन्छन।

जस्ले गर्दा ठुला गाडी माहालबाहाक ट्रक , मोटरसाईकल यात्रुहरु जोखिममा छन भने पशु चौपाया पनि जोखिममा देखिन्छन् ।

सडकमा छोडीएका पशु चौपाया तत्काल नहटाए कडा कारबाही गरिने समेत प्रमुख बुढाथोकिले जनाए ।

उनका अनुसार आज मात्र होइन कयौ बर्षदेखि पशु चौपाय सडकमा छोड्ने गरिएको छ , अझै कयौ बेला त नगरपालिकाको कार्यलय सम्ममा पशु छोड्ने गरेको पाईन्थ्यो।

अहिले पनि सडक भर गाई गोरु रात भर छोड्ने गरेको पाईन्छ । यो यात्रुको लागि अत्यन्तै जोखिम हो । तत्काल हटाउन म आग्रह गर्दछु उनले भने ।