Gold
Bangad salyan

सुर्खेतमा काफल फाल्ने नगरप्रहरीलाई कारबाहि अगाडी बढाईयो

जेठ ७

सुर्खेत – सुर्खेत वीरेन्द्रनगर सिटि बसपार्क क्षेत्रमा डालोमा काफल बेच्ने महिलाको काफल पोख्ने नगर प्रहरीमाथि कारबाहि हुने भएको छ। पाँच गते कालिकोटकी धमिला चौलागाईंले काफल बेच्न हिडेकी थिइन्। तर उनको काफल नगर प्रहरीले खोसेर सडकमा पोखेको भिडियो भाईरल बनेपछि सरकारको आलोचना भएको छ। उनि हाल वीरेन्द्रनगर–३ मा बस्दै आएकी छन्। जंगलबाट काफल टिपेर बेच्दै आफ्नो जीविका चलाइरहेकी थिइन्। घटना पछि नगरप्रमुख मोहन्माया ढकालले क्षतिपुर्ति वापत रु १० हजार उपलब्ध गराएकि छिन।
यस घटनापछि सामाजिक सञ्जालमा नगर प्रहरीको व्यवहारप्रति तीव्र आलोचना भइरहेको छ। धेरैले मेहनत गरेर गुजारा चलाइरहेका गरिब नागरिकमाथि गरिएको व्यवहार अमानवीय भएको बताएका छन्।