Gold
Bangad salyan

ओलीले पाँच वर्ष सरकार चलाए पार्टी र जनमत समाप्त हुन्छ झलनाथ खनाल ,

असार २९ ,काठमान्डौ – नेपाल कम्युनिस्ट पार्टी नेकपाका बरिस्ठ नेता झलनाथ खनालले ओलीले पाँच वर्ष सरकार चलाए पार्टी र जनमत समाप्त हुने बताएका छन्।

सोमबारको सहाना प्रधान स्मृति प्रतिष्ठानले आयोजना गरेको जुम मिटिङमा बोल्दै खनालले सरकारमा ओली रहने रहिरहे आगामी निर्वाचनमा नेकपा सखाप हुने समेत बताएका हुन्।

ओलीका कारण कम्युनिस्ट पार्टीले हासिल गरेको ७१ वर्षको उपलब्धी र भविष्य अनिश्चित हुने बताए।

खनालले ओली सरकार अनियमितताको संलग्न भएको समेत आरोप लगाए। ओलीले कुनै विषयमा पनि पार्टीमा संस्थागत रुपमा छलफल नगरी एकलौटी ढंगले काम गर्ने गरेका छन् ।

प्रधानमन्त्री ओलीले अहिले आफ्नो गुटउपगुट गराउने समेत गरेको खनालले स्पस्ट पारे । नेकपा स्थायी समिति बैठक देखि बरिस्ठ नेताहरुले प्रधानमन्त्री ओलीको दुवै पदबाट राजिनामा माग गरेका छन्।

,ओलीले भने यो दुवै नमान्ने तर अर्को पार्टी खोल्ने दाउमा लागेको नेकपा नेताहरुले बताएका छन्। प्रधानमन्त्री ओलीले दिएक पछिल्ला अभिव्यक्तिले नेकपाभित्र विवाद चर्कीएपनि यो समधान छिट्टै हुने खनालले बताए।