नयाँ शक्ति पार्टीको नाम बदलिने बाबुराम भट्टराई को भनाई ,,

रंग दर्पण १२ फागुन, काठमाडौं – नयाँ शक्ति पार्टीले नाम परिर्वतन गर्ने भएको छ । डा. बाबुराम भट्टराई नेतृत्वको टोलीले लुम्बिनीमा सम्पन्न संघीय परिषद्को चौथो विस्तारित बैठकले एक वर्षभित्र पार्टीको पहिलो महाधिवेशन गर्ने निर्णय गरेको हो । बैठकको निर्णयमा भनिएको छ, महाधिवेशनमा पार्टीको नाम परिवर्तन गर्ने निर्णय भएको छ र छलफलबाट उपयुक्त नाम तय गरिनेछ ।’बैठकले पूर्व प्रधानमन्त्री डा. बाबुराम भट्टराईलाई पुनः संयोजक चयन गरेको छ ।

यस्तै प्रदेश १ मा राजेन्द्र किराँती, २ मा रामरिझन यादव, ३ मा गंगा नारायण श्रेष्ठ, ४ मा रुद्रबहादुर गुरुङ, ५ मा नवराज सुवेदी, ६ मा सरुण बाँठामगर, प्रदेश ७ मा कृष्ण कुमार चौधरी र प्रवास प्रदेशमा हिसिला यमीलाई इन्चार्ज तोकिएको छ ।

यस्तै कार्यकारी समितिलाई ९९ सदस्यीयमा झरेको छ भने ३५ सदस्यीय संरक्षक परिषद् र १५ सदस्यीय विज्ञ परिषद् गठन गरिएको नयाँ शक्तिले जनाएको छ ।