बिदेशबाट आउने नेपालीलाई मोबाईल टिभीमा भन्सार महसुल छुट दिईने
जेठ २०
काठमान्डौ – प्रधानमन्त्री बालेन शाह नेतृत्वको सरकारले वैदेशिक रोजगारीबाट फर्कने नेपाली नागरिकहरूको हितलाई ध्यानमा राख्दै विभिन्न व्यक्तिगत सामग्रीहरूमा लाग्ने भन्सार महसुल पूर्ण रूपमा छुट गर्ने व्यवस्था गरेको छ ।
यस नयाँ निर्णयअनुसार ६ महिना वैदेशिक रोजगारमा बिताएर फर्केका नेपालीले थप एक थान नयाँ मोबाइल फोन र कम्तीमा १२ महिना काम गरेर फर्केकाहरूले ६५ इन्चसम्मको टेलिभिजन एक पटकका लागि विनाभन्सार ल्याउन पाउनेछन् ।
यसका साथै बिरामीले ल्याएका औषधि, शारीरिक रूपमा अशक्त व्यक्तिका सहारा सामग्री, ७ किलोसम्मको खाद्य परिकार र नियममित प्रयोगमा रहने ल्यापटप, ट्याब्लेट तथा घडी जस्ता वस्तुहरूमा पनि कुनै महसुल नलाग्ने गरी यात्रुहरूलाई ठूलो राहत प्रदान गरिएको छ ।

