बनगाड कुपिण्डे नगरपालिका किसानहरुलाई बर्खे फलफुल तथा विरुवा वितरण गर्ने
जेठ २०
सल्यान – बनगाड कुपिण्डे नगरपालिका सल्यानले किसानहरुलाई बर्खे फलफुल तथा विरुवा वितरण गर्ने भएको छ। नगरपालिकाले वडामा रहेका कृषक कृषिसमूह ,कृषिसहकारी समूहलाई सूचना आवहान गरेको छ।
सूचना आवहानको सात दिनभित्र काजजात सहित फम समूह पेश हुन जारि विज्ञप्तिमा उल्लेख छ। नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत कोकर्ण पन्थीका अनुसार सबै १२ वटा वडा भित्रका कृषक कृषि फर्महरुले तोकेका कागजात विवरण सहित पालिकामा उपस्तिथित हुनुपर्ने छ।


