रुकुम चौरजहारी

होलीमा मात्र ठाउँ ठाउमा ४ हत्या सयौ संख्यामा घाइते ,,

रुकुम आठ विसकोट

रंग दर्पण १८ फागुन, बाँके : बाँकेमा श्रीमतीले विष पिलाएर श्रीमानको हत्या गरेको सार्वजनिक भएको छ । केहिदिन अगाडी मात्र पनि वीरगञ्जमा एक महिलाले प्रेमीसँग मिलेर श्रीमानको हत्या गरेको घटना सेलाउन नपाउँदै यो घटना घटेको छ नेपालमा आज भोलि जता ततै हत्याका धेरै मात्रामा घटना गट्ने गरेका छन्

मादकपदार्थ सेवन गरी दिनहुँ कुटपिट गरेको भन्दै बाँकेको डुडुवागाउँपालिका–४, गडारियनपुरकी ४० वर्षीया पतंगी गडरियाले आफ्नै ४५ वर्षीय श्रीमान् कुर्कुट गडरियालाई विष पिलाएर हत्या गरेकी हुन् । अनुसन्धानका क्रममा उनले सेल्फास नामक विष सर्वतमा घोलेर खुवाएको खुलेको छ ।

बिहीबार विष खुवाएर मृत्यु भएपछि गाउँ नजिकै खेतमा शवलाई जलाउन लगेको बेला गाउँलेले प्रहरीलाई खबर गरेका थिए ।

प्रहरीले घटनामा प्रत्यक्ष संलग्न रहेका श्रीमती पतंगी र आफन्त भारत जिल्ला बहराइचका ४० वर्षीय कुन्नु गडरियालाई पक्राउ गरेको छ ।

 

घटना रहस्यमय भएकाले संलग्न दुई जनालाई पक्राउ गरी अनुसन्धान शुरु गरिएको बाँके प्रहरी प्रमुख प्रहरी उपरीक्षक टेकबहादुर तामाङले बताए । उनले मृतक कुर्कुटले लामो समयदेखि मादक पदार्थ सेवन गरेर आफूलाई कुटपिट गरी यातना दिएकाले सहन नसकेर हत्या गरेको प्रहरीसमक्ष स्वीकारेकी छन् ।

यसलाई पनि पढ्नुहोस ,

होलीमा धारिलो हतियार प्रोग गरि १ जनाको हत्या,,

१८ फागुन, कैलाली । कैलालीमा होली खेल्ने क्रममा छूरा प्रहार हुँदा एकजनाको मृत्यु भएको छ ।

टीकापुर नगरपालिका–१ मा गएराति १२ः४५ बजे होली खेल भइरहेका बेला अज्ञात समूहले छूरा प्रहार गर्दा टीकापुर नगरपालिका–२ का २२ वर्षीय करण थापाको मृत्यु भएको हो ।

 

छुरा प्रहारबाट गम्भीर घाइते थापालार्इ उपचारको लागि टीकापुर अस्पताल पुर्याइए पनि उनलाई चिकित्सकले बचाउन सकेनन् ।

जिल्ला प्रहरी कार्यालय, कैलालीका प्रमुख प्रहरी उपरीक्षक विनोद घिमिरेले छूरा प्रहारबाट घाइते थापाको उपचारका क्रममा ज्यान गएको पुष्टि गर्दै छूरा प्रहार हुनुको कारण भने नखुलेको जानकारी दिए । ‘होली खेल्ने क्रममा अज्ञात समूहले छूरा प्रहार गर्दा करण थापाको ज्यान गएको छ, तर कारण खुलेको छैन’, प्रहरीले उपरीक्षक घिमिरेले भने ।

प्रहरीले घटनामा संलग्न भएको आशंकामा ९ जनालाई नियन्त्रणमा लिएको छ । कैलाली प्रहरीका अनुसार उनीहरुमाथि अहिले अनुसन्धान भइरहेको छ ।

यसलाई पनि पढ्नुहोस ,

काठमान्डौ को चुच्चेपार्टी मा युवकको हत्या

१८ फागुन, काठमाडौं । काठमाडौंको चुच्चेपाटीमा एकजना युवकको धारिलो हतियार प्रहार गरी हत्या भएको छ । लुम्विनी कलेज नजिकको गल्लीमा धारिलो हतियार प्रहार गरी स्थानीय २५ वर्षीय छिरिङ शेर्पाको हत्या भएको हो ।हत्यामा संलग्न सोही ठाउँ बस्ने १८ वर्षीय विवेक तामाङलाई बौद्ध प्रहरीले नियन्त्रणमा लिएको छ ।

सामान्य विवादमा विवेकले गएराति पौने ९ बजेतिर छिरिङलाई छातिमा हतियार प्रहार गरेका थिए । गम्भीर घाइते छिरिङको उपचारको क्रममा मेडिकेयर अस्पतालमा मृत्यु भएको वौद्ध प्रहरीले जनाएको छ ।
कैलालीमा पनि होली खेल्ने क्रममा धारिलो हतियार प्रहार हुँदा एकजनाको मृत्यु भएको छ । टीकापुर नगरपालिका–१ मा गएराति १२ः४५ बजे होली खेल भइरहेका बेला अज्ञात समूहले छूरा प्रहार गर्दा टीकापुर नगरपालिका–२ का २२ वर्षीय करण थापाको मृत्यु भएको हो ।