प्रतिनिधिसभा सांसदहरुले सपथ लिदै ,,
रंग दर्पण २० फागुन, काठमाडौं : प्रतिनिधिसभा सदस्यहरुले सपथ लिएका छन् । संसद भवनमा आयोजित कार्यक्रममा जेष्ठ सदस्य महन्थ ठाकुरले सांसदहरुले सपथ दिलाएका हुन् ।
त्यसअघि ठाकुरले राष्ट्रपति भवन शीतल निवासमा राष्ट्रपतिसमक्ष सपथ लिएका थिए । सपथ ग्रहण कार्यक्रममा सांसदहरुलाई लोगो पनि वितरण गरिएको छ ।
सपथ ग्रहणमा भने माओवादीका टोपबहादुर रायमाझी र धर्मशिला चापागाईँका साथै रेशम चौधरी र महेन्द्र राय यादव अनुपस्थित रहे ।
चौधरी टीकापुर घटनामा संलग्न भएको अभियोगमा जेलमा छन् भने यादव नागरिकतामा भएको त्रुटीका कारण अनुपस्थित रहे । यदि उनी सहभागी भएको भए उनले नै सपथ गराउनु पर्थ्यो । उनको सपथ भोलि हुनेछ ।