फिल्म ‘द सेप अफ वाटर’ यस बर्ष सर्वोत्कृष्ट घोषित ,,,
रंग दर्पण २१ फागुन -चलचित्र क्षेत्रको प्रतिष्ठित ओस्कार अवार्डमा फिल्म ‘द सेप अफ वाटर’ यस बर्ष सर्वोत्कृष्ट घोषित भएको छ । सोही फिल्मका लागि गुइलेर्मो डेल टोरोले सर्वोत्कृष्ट निर्देशकको अवार्ड पाएका छन् ।
लस एन्जेलसमा सम्पन्न ९० औं ओस्कार अवार्डमा सार्वधिक १३ विधाका लागि सेप अफ वाटर मनोनयनमा परेको थियो । फिल्मले जम्मा चार अवार्ड जितेको छ ।
‘डार्केस्ट आवर’ बाट गेरी ओल्डम्यानले सर्वोत्कृष्ट अभिनेताको अवार्ड जितेका छन् । यसैगरी फ्रान्सेस म्याकडोरम्यान्डले ‘थ्री बिलबोर्ड्स आउटसाइट एबिङ मिसोउरी’ सर्वोत्कृष्ट अभिनेत्री घोषित भएकी छिन् । सर्वोत्कृष्ट विदेशी भाषाको चलचित्रमा स्पेनिस भाषाको ‘द फेन्टास्टिक वुमेन’ ले बाजी मारेको छ ।
अन्य विजेताहरु यस प्रकार छन्ः
सर्वोत्कृष्ट सहायक अभिनेताः साम रकवेल (थ्री बिलबोड्स आउटसाइड एबिङ मिसउरी)
सर्वोत्कृष्ट सहायक अभिनेत्रीः ऐलीसन जेनी (आई तोन्या)
सर्वोत्कृष्ट सम्पादनः डनकर्क (ली स्मिथ)
सर्वोत्कृष्ट डकुमेन्ट्री (फीचर): डनकर्क (ली स्मिथ)
सर्वोत्कृष्ट ध्वनी सम्पादनः डनकर्क (रिचर्ड किङ र एलेक्स गिबसन)
सर्वोत्कृष्ट साउन्ड मिक्सिङः डनकर्क
मौलिक पटकथाः गेट आउट, जोर्डन पीले
प्रोडक्सन डिजाइनः द सेप अफ वाटर
विदेशी भाषाको चलचित्रः अ फेन्टास्टिक वुमेन
एनिमेटेड फिचर फिल्मः कोको
भिजुअल इफेक्ट्सः ब्लेड रनर २०४९
बेस्ट डकुमेन्ट्री शर्टः हेवन इज द ट्राफिक जेम अन द ४०५ फ्रैर स्टेफेल)
एडेप्टेड स्क्रीनप्लेः कल मि बाई योर नेम (जेम्स इवोरी)