रुकुम चौरजहारी

महरा सर निर्दोष छन् प्रहरीले जबर्जस्ति निवेदन लेखेर हस्ताक्षर गरायो मलाई बन्धकमा राख्यो बेजती गर्नेमा मुद्दा दर्ता गर्छु ,रोशनी शाही विज्ञप्ति सहित ,,

रुकुम आठ विसकोट

असोज २४ , काठमान्डौ – सांसद सचिवालयको कर्मचारी रोशनी शाहीले प्रहरीले आफुलाई बन्धक बनाएर मानसिक दबाब दिएर निवेदन दर्ता गर्न लगाएको जानकारी गरेकी छिन ।

प्रहरीले उनलाई तपाई असुरक्षित हुनुहुन्छ , हामि संग जानुपर्छ भन्दै ९ घण्टा सम्म बन्धक बनाएर मानसिक तनाब दबाब दिएको समेत बताएकि छिन ।

मैले २०७६ /६ / १५ गते महानगरीय प्रहरी वृत बानेश्वरमा गई सत्य तथ्य बताउदै असोज १२ गते महरा आफ्नो कोठामा नआएको र बलात्कार प्रायस नगरेको जानकारी गराएको छु ,।

सामाजिक संजालमा आएका जतिपनि कुराहरु छन् ति सबै झुठा हुन् ।,तर १७ गते करिब ८ : ४५ बजे प्रहरीले मेरो कोठामा आयर बानेश्वरमा लगेर ९ घण्टासम्म बन्धक बनाएर महराले जबर्जस्ति करनी गरेको भनि फेरी निवेदन दिन लगाएको उनले उल्लेख गरेकी हुन् सत्य तःया निवेदन मैले १५ गतेनै दर्ता गरिसकेको छु ।

,यो कुरा उनले पहिले पनि भनेकी थीइन ,शाहीले सभामुख महराले आफूमाथि कुनै परकारको यौन दुर्व्वाहार नगरेको बताएकि छिन ।

रोशनी शाहीले विज्ञप्तिमा लेखेकी छिन ,मैले पत्रकार सम्मेलन गरेर यो कुरा जानकारी गराउन चाहे पनि प्रहरीले कडा निगरानीमा राखेर कसै संग बोल्न समेत नदिएको र यो कुरा असम्भव भएको बताउदै विज्ञप्ति मार्फत जानकारी गरेको छु ।

, शाहीले वानेश्वरको प्रहरीले अर्कोदिन बोलाएर बन्धक बनाएर सभामुख महरामाथि उजुरी दिन लगाएको पनि विज्ञप्ति मार्फत जानकारी गरेकी छिन ।

शाहीले अर्को निवेदन दिन चाहेपनि बन्धकमा प्रहरीले निवेदन लेखेर हस्ताक्षर गराएको समेत उल्लेख गरेकी हुन् ।

,आफु र महरालाई जोडेर बेज्जती गरे पत्रकार र युटुबर विरुद्द मुद्दा दर्ता गर्ने समेत रोशनी शाहीले विज्ञप्तिमा ल्केहेकी छिन ,।