Gold
Bangad salyan

मृतकको संख्या १४ पुग्यो, सिन्धुपाल्चोक बस दुर्घटना:

असोज २४ ,सिन्धुपाल्चोक – सिन्धुपाल्चोक बस दुर्घटनामा मृतु हुनेको संख्या १४ पुगेको छ ,घटनास्थलमै ६ र अस्पताल लैजाने क्रममा ८ जनाको मृत्यु भएको प्रहरीले जनाएको हो ।

इन्द्रावती गाउँपालिका १० भोटसिपा हुँदै काठमाडौं गइरहेको हेलम्बु यातायातको बा २ ख २७१५ नम्बरको बस तिर्खुमोडबाट करिब ६०० मिटर तल ब्रेक फेल भएर खसेको प्रहरीले जानकारी गरेको हो ।

बसमा ७० यात्रु रहेको र ति मध्ये ४० जना घाईते सख्त घाईते छन् उनीहरुलाई हेलिकप्टरबाट उद्धार गरिएको पनि इन्द्रावती गाउँपालिकाका प्रमुख वंशलाल तामाङले जानकारी दिए।

प्रहरीकाअनुसार मृत्यु हुनेमा काभ्रे बनेपाका चालक केदार महाजु, पाँचखालकी संगीता पुर्कोटी, इन्द्रावती ९ की हिरा श्रेष्ठ, विनोद लम्साल, इन्द्रावती १० का रितेश आचार्य छन्।

त्यसैगरी धुलिखेलमा उपचारकै क्रममा जुमादेवी श्रेष्ठ, सुवास अधिकारी, गणेश तामाङ, मिना मगर र सुमिता पुर्कुतीको मृत्यु भएको छ ।

उद्धारमा खटिएका सुरक्षाकर्मीले २ शव बस मुनी च्यापिएकोले निकाल्ने प्रयास जारी राखेको बताए। अन्यको सनाखत हुन बाँकी छ । घाईतेहरुको धुलिखेल अस्पतालमा उपचार भैरहेको छ ,मृतकको संख्या बढ्न सक्ने प्रहरीले अनुमान गरेको छ ।