रुकुम चौरजहारी

रास्ट्रपति चयन मतादान सकियो ४ बजे बाट मत गणना सुरु ,,

रुकुम आठ विसकोट

रंग दर्पण २९ फागुन – मुलुकको तेस्रो रास्ट्रपति चयनको मतदान कार्य सकियको छ। बिहान १० बजे बाट भयको मतदान ३ बजे सम्म भयको थियो, अब ४ बजे बाट मत गणना प्रक्रिया सुरु हुनेछ । प्रतिनिधिसभा, प्रदेशसभा र राष्ट्रियसभाका ८७९ जना मतदाता निर्वाचनमा सहभागी हुँदै छन्।

राष्ट्रियसभामा मनोनीत युवराज खतिवडा, रामनारायण बिडारी, विमला पौडेल राई तथा प्रदेशतर्फका सांसद दीपक मनांगे गरी चार जना मतदाता सूचीमा नभएका र रेशम चौधरी मतदानमा सहभागी हुन नपाउने भएकाले कुल ८८४ जना मतदातामध्ये ८७९ जना मात्रै सहभागी हुन लागेका हुन्। राष्ट्रपतिका लागि एमालेबाट वर्तमान राष्ट्रपति विद्यादेवी भण्डारी र कांग्रेसबाट लक्ष्मी राई प्रतिस्पर्धामा छन्।

राष्ट्रपति तथा उपराष्ट्रपति निर्वाचनसम्बन्धी ऐन २०७४ अनुसार केन्द्रीय संसद्को मतभार ७९ र प्रदेशको मतभार ४८ कायम गरिएको छ। ८८० जना मतदाताको कुल मतभार ५२ हजार ४२२ हुन्छ। राष्ट्रपतिमा बहुमतसहित निर्वाचित हुन २६ हजार २ सय १२ मतभार आवश्यक पर्छ।