Gold
Bangad salyan

बर्दियाका वन अधिकृतविरुद्ध भ्रष्टाचार मुद्दा,

माघ १२ ,काठमान्डौ – बर्दियाका वन अधिकृत आनन्दप्रसाद साहविरुद्ध भ्रष्टाचार मुद्दा,दायर भएको छ ।

बबई सब डिभिजन वन कार्यालय, बर्दियाका वन अधिकृत साहविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगले आइतबार विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर गरेको हो ।

साहले निजी जग्गाको काठको नापजाँच लागत तयार गरी डिभिजन वन कार्यालय गुलरियामा बिमाको आदेश सिफारिस गरिदिएबापत घूस लिएको पुष्टि भएको छ।

घुस लिएको पुष्टि भएलगतै अख्तियारले मुद्दा दायर गरेको बताएको हो ।