Gold
Bangad salyan

अब कांग्रेसले प्रतिनिधिसभा बैठक अवरुद्द नगर्ने भन्यो अख्तियारलाई नियालीरहेकाछौ ,

माघ २८ ,काठमान्डौ – आज देखि प्रतिनिधिसभाको बैठक सुचारु भएको छ ।यो अघि नेपालि कांग्रेसले लगातार तिन दिनसम्म बैठक अवरुद्द गरेको थियो ।

नेपाली कांग्रेसका उपसभापति विजयी गच्छदारलाई अख्तियारले राजनीतिको आडमा फसाएको भन्दै विरोधमा संसद अबरुद्द गर्ने गरेको थियो ।

मंगलबार प्रतिनिधिसभाको बैठक सुरु भएपछि सरुमा बोल्दै नेपाली कांग्रेस संसदीय दलकी सचेतक पुष्पा भुसालले अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सरकारको प्रभावमा परेर राजनीतिक प्रतिसोधका आधारमा आफ्ना नेता विजयकुमार गच्छदारलाई भ्रष्टाचार मुद्दा लगाएकाले संसद अवरुद्ध गरेर विरोध गर्नुपरेको बताइन् ।

अख्तियारको ध्यानाकर्षण गराउन र आगामी दिनमा यस्ता गल्ति नदोहोर्याउन सचेत गराउन संसद अवरुद्द गर्नुपरिको बताईन ।साथै यो मुद्दालाई राजनीतिक तबरबाट अगाडि बढाउने पनि भुषालले बताइन् ।

उनले मुलुकको संवैधानिक अंगले सरकारको प्रभावमा आएर पूर्वाग्रह र प्रतिशोध साँधेर काम गरेको काँग्रेसले नजिकबाट नियालेको बताउँदै अख्तियारले कसैलाई जग्गा फिर्ता गरेको आधारमा कारवाही नगर्नु भन्नु कानूनको खिल्ली उढाएको उल्लेख गरिन् ।

ललिता निवासको जग्गा प्रकरण तत्कालीन भौतिक पूर्वाधार मन्त्री गच्छदारसँग मात्र सम्बन्धित विषय नभएको र तत्कालीन सरकारले गरेको निर्णयलाई नहेरिनु दुःखद भएको बताइन् ।

संवैधानिक अंगहरु सरकारको आग्रहमा परेर कुनै निर्णय गर्न हुँदैन । सरकारको छायाँ बन्न हुँदैन यस्तो भयो भने लोकतान्त्रिक अभ्यास कमजोर हुन्छ ’उनले भनिन ।

लोकतान्त्रिक पद्धतिलाई कसैले कमजोर पार्छ भने नेपाली काँग्रेस चुप लागेर नबस्ने पनि उनले बताइन् ।

यो विषय अदालत प्रवेश गरिसकेकाले अब अदालतको निष्पक्षता र तटस्थतामा कांग्रेसले विश्वास गर्ने भन्दै भुसालले अख्तियार सरकारको प्रभावमा परेकामा भने विरोध जारी राख्ने बताइन् ।आज देखि निरन्तर संसद बैठक सुरु हुने छ ।