ललिता निवास प्रकरण: ठगि मुद्दा दायर गच्छदारलाई पक्राउ गर्ने तयारि ,
फागुन ४ ,काठमान्डौ – ललिता निवास जग्गा प्रकरणमा मुछिएका आरोपितविरुद्ध केन्द्रीय अनुसन्धान ब्यूरो सीआईबीमा ठगी मुद्दा दर्ता भएको छ ।
१ सय ७५ जनाविरुद्ध ठगी मुद्दा दाएर भएको सीआईबीका प्रमुख डीआईजी निरज शाहीले बताए ।
गृहमन्त्रालयको जाहेरीको आधारमा उनीहरुविरुद्ध ठगी मुद्दा दर्ता भएको र आरोपित बनाईएकालाई पक्राउ गरि थप अनुसन्धान गर्ने बाटो खुलेको शाहीले बताए ।
गत माघ २२ गते अख्तियार दुरुपयोग अनुसन्धान आयोगले ११० जनालाई बिगो र कैद तथा ६५ जनाविरुद्ध जग्गा फिर्ताको मागदाबीसहित विशेष अदालतमा मुद्दा दाएर गरेको थियो ।
जसमा पूर्व उपप्रधामन्त्री विजय गच्छदा पनि छन् । उनीहरु सबैमा ठगि मुद्दा दाएर भएपछि अद्लातले दोषी ठहर गरे १० वर्षसम्म कैद, हिनामिना गरेको सम्पत्ति जफत, त्यहीबमोजिम बिगो बराबर जरिवाना हुनसक्ने व्यवस्था रहेको छ ।

