चिट्ठा परेको छ भनेर ठग्ने ३ जना पक्राऊ ,,
१५ चैत, काठमाडौं – विश्वको कुना कुनाकन्दारा बाट नेपालि हरुलाई चिट्ठा परेको छ भनेर लुट्ने समूह नेपाल बाटै प्रहरीले समायको छ। यति खेर भारत बाट भाईबर कल , ह्याट्सप आदिमा तपाईलाई ठुलो राशिको धन परेको छ भन्दै ठग्ने गिरोह पक्राउ परेको छ। पक्राउ पर्नेमा उदयपुरको त्रियुगा–२ घर भइ हाल ललितपुरको सानेपा बस्दै आएका २९ वर्षीय रेवतकुमार खाती, इमालडोल बस्दै आएका ३२ वर्षीय महेशकुमार पाण्डे र २९ वर्षीय रोशन विक छन् ।
उनीहरुले चिठ्ठामा परेको समान तथा नगद भारतमा रहेको बताउँदै चिठ्ठा वापतको सामान तथा नगद लिन विमा र धरौटी रकम तिर्नु पर्ने भन्दै पीडितसँग रकम माग गरेका थिए ।त्यसरी पीडितले पठाएको रकम उनीहरुले आईएमइमार्फत बुझ्ने गरेको खुलेको महानगरीय अपराध अनुसन्धान महाशाखाले बताएको छ ।
उनीहरुले नेपालबाट रकम सङ्कलन गरेर भारतमा रहेका मुख्य एजेन्टलाई पठाउने गरेको खुलेको महाशाखाका प्रहरी उपरीक्षक नरेन्द्रप्रसाद उप्रेतीले बताए ।