Gold
Bangad salyan

मौसम भन्छ आजपनि चट्याङसहित पानी,

फागुन १४ ,काठमान्डौ – आज पानी देशका केहि भागमा मेघगर्जन र चट्याङसहित वर्षा हुने जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

पश्चिमी न्यून चापीय वायुको प्रभावका कारण बुधबार देशभर आंशिकदेखि पूर्ण बदली रहने महाशाखाले जनाएको हो।

देशको पूर्वी तथा मध्य भूभाग नजिक बनेको न्यून चापीय प्रणाली तथा पश्चिमी वायुको प्रभावले बदलीसँगै वर्षा भइरहेको मौसमविद् समीर श्रेष्ठले जानकारी दिए ।

उपत्यकामा आज दिउँसो मौसम केहि सफा रहेपनि साँझपाख वर्षा हुने तथा उक्त वायुको प्रभाव भोलिदेखि विस्तारै कम हुँदै जाने उनले बताएका छन ।

पश्चिमी न्यून चापीय वायुको प्रभावका कारण कर्णाली प्रदेशका अधिकांस जिल्लाहरुमा असिना पानि संगै हावाहुरी चलेको छ ।

देशको हिमाली उच्च भू भागमा हिमपात समेत भएको छ ।पश्चिमी भूभागमा सामान्य बदली रही बाँकी भूभागमा मौसम सामान्यतया सफा रहने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।