जाजरकोटको अस्पतालमा नै छैन सिटामोल ,,

चैत १७ ,जाजरकोट – नेपाल सरकारले जिल्ला अस्पतालहरूबाट ७२ प्रकारका औषधिहरु निःशुल्क वितरण गरे पनि जाजरकोट अस्पतालमा भने सामान्य औषधि पनि पाइँदैनन्। जिल्ला अस्पतालमा लामो समयदेखि औषधि अभाव भएको छ। यहाँ सिटामोल र जीवनजलसमेत पाईन छाडेको सेवाग्राहीको गुनासो छ। बदलिँदो मौसम परवर्तनसँगै अस्पतालमा बिरामीको चाप बढ्दो छ। तर, निःशुल्क पाइने औषधिसमेत नपाइँदा सेवाग्राही मर्कामा छन्। गाऊ घरबाट अस्पतालमा आउने बिरामी जिल्ला अस्पतालमा पुगे उनलाई डक्टरले औसधि लेखिदिय तर उनले सिटामोल समेत पाईनन ।

बजेट अभावमा अस्पतालले समयमै औषधि खरिद गर्न नसक्दा एवं सरकारले निःशुल्क वितरण गरिने औषधि नपठाउँदा समस्या आएको हो।अहिले अस्पतालमा सिटामोल, जीवनजल, आइरन चक्की, ब्रोफिन, रेनिटेडिन, मेट्रो, एमोक्सिसिलीन, बुस्कोपान, कोर्टिन, भिटामिन बी कम्प्लेक्स, क्यामामिन लोसन, जिन्क ट्याब्लेट, पारासिटामोल सिरफ, आर एल क्योमक्स, अक्सिटोसन, जेन्टामाइस, फुस्रामाइट, सिप्रोलगायत अत्यावश्यक औषधिको अभाव छ।

अस्पतालमा डेलिभरी सेवाका लागि गज, कटन, ग्लोब्स र आरएलसमेत अभाव छ। भेरी नगरपालिकाले चालु आर्थिक वर्षमा औषधि खरिदका लागि बजेट नछुट्याउँदा यो समस्या भएको हो। तर, नगरपालिकाले भने २५ शड्ढयासम्मका अस्पतामा मात्र औषधि पु¥याउने आफ्नो क्षेत्राधिकार भएको तर यो अस्पताल ५० शड्ढयाको भएकाले बजेट छुट्याउन समस्या भएको जनाएको छ।

दुई वर्षअघि १५ शड्ढयाको जिल्ला अस्पतालको स्तरोन्नति गरी ५० शड्ढयाको बनाइएपछि औषधि पाइन छाडेको हो।

जिल्ला अस्पताल कागजी रूपमा स्तरोन्नति गरिएपछि सरकारले निःशुल्क औषधि दिन बन्द गरेको छ। स्तरोन्नति भएको दुई वर्ष बितिसक्दा पनि सेवामा कुनै परिवर्तन आउन नसकेको नागरिक अगुवा खिमबहादुर शाही बताउँछन्। उनले भने, ‘सुत्केरी गराउन र सामान्य घाउचोट भएका बिरामीको समेत प्लास्टर गर्न नसक्ने अस्पतालबाट अरू के आस गर्ने ? अस्पताल स्तरोन्नतिको नाममा औषधि आउन छाडेपछि स्थानीय निरास छन्।

५० शड्ढयाको अस्पतालको मापदण्ड भनेको विशेषज्ञ सेवा सञ्चालन गर्ने हो तर अहिलेसम्म एक जना पनि विशेषज्ञ चिकित्सक आएका छैनन्। सेवामा कुनै सुधार नभए पनि जिल्ला अस्पताललाई दिइने निःशुल्क औषधि त दिइनुपथ्र्यो, त्यो पनि कटौती भएको गैरसरकारी संस्था महासंघ जाजरकोटका अध्यक्ष वीरबहादुर बस्नेतले भने, ‘न विशेषज्ञसहित अस्पताल बन्यो न निःशुल्क औषधि दिने जिल्ला अस्पताल नै।

भेरी नगरपालिका १ का मधुकर नेपाली भन्छन्, ‘सामान्य रोगको पनि उपचार हुँदैन। यो अस्पतालले निःशुल्क पाइने औषधि पनि दिँदैन तर बिरामीलाई भने उपचारको साटो रेफर गर्छ।

जिल्लाका अस्पतालका निमित्त प्रमुख मेडिकल अधिकृत डा. अमिन शाहले औषधि सकिँदा उपचार सेवा प्रभावित भएको बताए। ‘आन्तरिक स्रोतबाट खरिद गरिएका औषधिले हालसम्म जेनतेन चल्यो,’ उनले भने, ‘अब कसरी उपचार सेवा चलाउने समस्या भइसक्यो, बजेट अभावमा औषधि खरिद गर्न सकेका छैनौं, नगरपालिकाले बजेट नदिँदा थप समस्या भएको हो।’

५० शड्ढया नाम मात्रको छ। बेड २५ वटा राखिएको छ। तर, स्तरोन्नति गरिएअनुसार जनशक्ति पूर्वाधार र अन्य व्यवस्थापन शून्यजस्तै छ। औषधि, आवश्यक उपकरण, दक्ष चिकित्सक, पूर्वाधार, खानेपानी तथा सरसफाइ, व्यवस्थित प्रयोगशाला र ब्लड बैंकलगायत सबैको अभाव हुँदा अस्पताल आफैं बिरामी छ।