बन्द भयो नेपालगञ्ज रुपैडिया नाका ,
चैत ५ ,बाँके- नेपालगञ्ज बाँकेको जमुनाहा नाका बुधबारदेखि आंशिकरुपमा बन्द गरिएको छ ।
महामारीको रुपमा फैलीएको कोभिड १९ रोक्न नेपाल-भारत दुबै पक्षबाट यात्रीबाहक सवारी, मोटरसाइकल, अटोरिक्सासमेतलाई आवतजावतमा रोक लगाइएको छ ।
नाकामा आवतजावतको रोक लगाईएपछि भारत जाने र भारतबाट नेपाल आउने यात्रीले झन्डै तीन किलोमिटर पैदल यात्रा गर्नु परिरहेको छ ।
नेपालगञ्ज जमुनाहा नेपालको खुल्ला सिमाना हो ।जँहा दैनिक ५ हजार देखि ७ हजार आवातजावत गर्दछन ।
नेपालगन्जबाट भन्सारसम्म जाने गाडीलाई तीन किलोमिटर वर चौलिका चोकसम्म मात्र जाने व्यवस्था गरिएको छ ।
भारत प्रवेश गर्दा चौलिका चोक, जैसपुर र जमुनाहा तीन ठाउँमा प्रहरी चेकजाँच भइरहेको छ ।
यी ठाउँमा अत्यावश्यक वाहेकका गाडी सबै रोकिएका छन् । नेपालबाट भारत प्रवेश गर्नेलाई रुपैडियामा भारतीय स्वास्थ्यकर्मीले कोरोना जाँच गरिरहेका छन् भने भारतबाट आउनेलाई जमुनाहा नाकाको दशगजा छेवैमा नेपालगन्ज उपमहानगरपालिकाका स्वास्थ्यकर्मीले कोरोना चेकजाँच गरिरहेका छन् ।