कोरोना संक्रमण हुन नदिन भेडालाई माक्स ,
चैत ४ ,काठमान्डौ – पछिल्लो समय विश्वका १६२ बढी देशमा नोवेल नाम दिईएको कोभिड १९ को संक्रमणले महामारीनै फैलाएको छ ।
कोरोनाबाट बच्न दैनिक खानपिन सरसफाई देखि माक्सको प्रयोग बढेपछि धेरै देशमा माक्सको बजार बढेको देखिन्छ ।
चीनको हुवेई प्रान्तबाट फैलीएको कोरोना संक्रमण हाल अहिले विश्वमै फ़ैलिसक्केओ छ । नेपालमा भने यसको संक्रमण देखिएको छैन ।
तैपनि नेपालमा माक्सको कालोबजारी गर्नेलाई प्रहरीले भटा भट पक्राउ गरेको छ ।केहिदिन मात्र काठमान्डौको सतुङ्गल र कपनबाट ६ लाखस माक्स बरामद गरेको महानगरीय अपराध माहाशाखाको टोलीले बताएको थियो ।
तेस्तै आजमात्र पनि शाखाको टोलीले १० लाख माक्स सहित सानोभर्याङबाट एकजनालाई पक्राउ गरेको बताएको छ ।
कालोबजार गरिएको माक्स कँहा जान्छ नेपालमा वा नेपाल बाहिर बजारीकरण हुन्छ प्रहरीले यो विषयमा अनुसन्धान थालेको छ ।
माक्सको कालोबजारी बढेसंगै सामाजिक संजालमा भने भेडालाई माक्स लगाएक तस्विरहरु सार्वजानिक हुने गरेका छन् ।
भेडालाई माक्स लगाईएको तस्विर भने नेपालको हो वा बाहिरको हो भन्ने विषयमा अनुसन्धान भईरहेको छ ।