Gold
Bangad salyan

लकडाउन उल्लघन भएपछि सप्तरीमा सेना परिचालन ,

चैत ११ ,काठमान्डौ – सरकारले गरेको लकडाउन उल्लघन भएपछि सप्तरीमा सेना परिचालन गरिएको छ ।

कोरोना भाइरसको रोकथामका लागि सरकारले आज देखि १८ गते सम्म लकडाउन गरेको छ । सप्तरीका विभिन्न चार ठाउँमा नेपाली सेनाले जमघट र भीड हटाउँदै पसलहरु बन्द गराएका छन् ।

राजविराज, हनुमाननगर, रूपनी र कल्याणपुरमा सेना परिचालन गरी गस्ती गरिएको छ ।

नेपाल प्रहरी र सशस्त्र प्रहरीको जनशक्ति अभाव भएपछि सेना परिचालन गर्नुपरेको जिल्ला प्रशासन कार्यालय सप्तरीका सूचना अधिकारी आनन्द ठाकुरले जानकारी दिए । गृह मन्त्रालयले थप सुरक्षाकर्मी नपठाउन्जेल सेनाले नै गस्ती गर्ने पनि ठाकुरले बताए।