बाल सुधार गृहमा रहेकी बालिकालाई थुनामुक्त गर्न सर्वोच्चको आदेश ,
चैत १३ ,काठमान्डौ -बाल सुधार गृहमा रहेकी बालिकालाई थुनामुक्त गर्न सर्वोच्ले आदेश दिएको छ ।
ज्यानमुद्दामा ५ वर्ष सजाय पाएकि ति बालिकालाई आफ्नो काकाको जिम्मा लगाउन न्यायाधीशहरु सुष्मालता माथेमा र कुमार रेग्मीको इजलासले छाड्न आदेश गरेको हो ।
ति बालिका २०७५ साल वैशाख २३ गतेदेखि भक्तपुरको बाल सुधार गृहमा छिन।
हाल विश्वव्यापी फैलिएको महामारीलाई मध्यनजर राखी खोजेको बखत उपस्थित गराउने गरी आवश्यक प्रक्रिया पूरा गरी ती बालिकालाई काकाको जिम्मा लगाइदिनु भनी भक्तपुर जिल्ला अदालतलाई लेखी पठाइदिनु आदेशमा भनिएको छ,।
जिल्ला अदालत काभ्रेले १० वर्ष कैद सजाय तोकेकोमा ति बालिकालाई उच्च अदालत पाटनले ‘सजाय चर्को पर्न जाने’ भन्दै सजाय घटाएर ५ वर्ष बनाएको थियो ।

