हजुरहरुलाई बचाउन अर्को विकल्प थिएन भन्दै जनतासंग मोदीले मागे माफी ,
चैत १६ ,काठमान्डौ – भारतमा लगाईएको लकडाउनले जनतामा पुगेको असुविधामा प्रधानमन्त्री मोदीले माफी मागेका छन् ।
आईतबार आफ्नो रेडियो मनकी बातमा बोल्दै भारतीय प्रधानमन्त्री मोदीले लकडाउनको कारण गरिब मानिसहरुमा परेको असुविधाप्रति क्षमायाचना व्यक्त गरेका हुन् ।
उनले भने, ‘म तपाईंहरुको समस्या बुझ्छु, तर कोरोना भाइरसविरुद्धको लडाइँमा यसको कुनै विकल्प थिएन ।
सबै जनतालाई सुरक्षित राख्नको लागि नै एति गर्नपरेको मोदीले बताए ।लकडाउनमा परेको संकटको बेला सहयोग गर्ने सबै मानिसमा मोदीले धन्यवाद दिएको भारतीय समाचार मध्यमले बताएका छन् ।
हाल सम्म भारतमा अकोरोना संक्रमणबाट २५ जनाको मृतु भईसकेको छ भने एक हजार बढी संक्रमित छन् । मोदीले भारतमा ३ हप्ताको लागि लकडाउनको घोषणा गरेका थिए ।

