कर्णाली प्रदेश सरकारको निर्देशन र शर्माको पहलमा धादिङ्गमा अलपत्र परेका ९० जना मजदुरको उद्दार ,
चैत १८ ,काठमान्डौ – सरकारले अचानक गरेको लकडाउनमा परि आफ्नो घर स्थान सम्म जान नपाई धादिङ्ग बेसीमा अलपत्र परेका ९० जनाको उद्दार भएको छ ।
कर्णाली प्रदेश सरकारका राजनीतिक सल्हाकार भिम प्रकाश शर्माले अलपत्र परेका ९० जनाको उद्दार गरेको बताएका छन् ।
विभिनन स्थानमा रोगजार गर्नपुगेका सल्यानका ९० जना अलपत्र परेका रहेछन मलाई फोन गरेर उद्दार गर्न भनेपछि आजै सल्यान पठाउने निधो गरेको छु शर्माले रंग दर्पणसंग भने।
उद्दार हुनेमा वागचौर नगरपालिकाका ४५ जना दार्मा गाँउपालिकाका १३,त्रिवेणी गाँउपालिकाका २७ र रोल्पा गंगादेब गाँउपालिकाका ५ जन रहेको र उनीहरु आजै घर पुग्ने शर्माले बताए ।
उद्दार नहुन्जेल अलपत्र परेका मजदुरहरुलाई गास बासको समस्या व्यहोर्ने पर्ने अवस्था भएको हुनाले जिल्ला प्रशासान धादिङ्गसंग कुरा भईसकेको शर्माले जानकारी गरे ।
जिल्ला प्रशासनसंग समन्वय गरि सल्यानबाट पास मिलाई गाडीको व्यवस्था गर्न लागिएको उनले बताए ।
सरकारले गरेको लकडाउन आज १८ गते सम्म रहेपनि नेपालमा कोरोना संक्रमणका बिरामी बढ्न थालेपछि गत आईतबार बसेको मन्त्रिपरिषदको बैठकले एक साता बधाई २५ गते राति १२ बजे सम्म लकडाउन लागुहुने निर्णय गरेको छ ।

