पुर्व राजाले गरे कोरोना नियन्त्रण कोषमा २ करोड जम्मा ,
चैत १८ ,काठमान्डौ – कोरोना संक्रमणको लागि सरकारले गरेको कोरोनाभाइरस संक्रमण रोकथाम, नियन्त्रण र उपचार कोषमा पूर्वराजा ज्ञानेन्द्र शाहले २ करोड रुपैयाँ सहयोग गर्ने भएका छन् ।
पूर्व राजा ज्ञानेन्द्र शाहले एक विज्ञप्ति जारी गर्दै सो रकम सहयोग गर्ने घोषणा गरेका हुन् । दुःख कष्ट र आपत विपदको घडीमा सबैका साथमा साथ दिँदै आफ्नो तर्फबाट सहयोग गरिएको विज्ञप्तिमा उल्लेख गरिएको छ ।
पूर्वराजा ज्ञानेन्द्रले हिमानी ट्रस्टमार्फत कोषमा दुई करोड रुपैयाँ जम्मा गराएको ट्रस्टकी सदस्य सचिव रेश्मा राणाले जानकारी दिइन् । हिमानी ट्रस्टमार्फत पूर्वराजा ज्ञानेन्द्रले आफू र परिवारको तर्फबाट सहयोग गरेको पनि राणाले बताइन् ।
आम नेपाली आमा बुवा दाजु भाईले दिदि बहिनीले यो दुखको घडीमा अभाव र समस्यामा सहेर पनि यस कोरोना संक्रमण विरुद्द लड्न गरेको अनुशाशन त धैर्यताको आफ़्फ़्नो परिवारले उच्च सहराना गरेको पनि पुर्व राजाले बताएका हुन् ।


