बिरामीलाई सन्चो बनाउछु भन्दै पास्टरको महिलामाथि निर्घात कुटपिट ,
चैत १८ ,काठमान्डौ – बिरामी निको पार्ने निहुमा गोरखामा इशाइ धर्मगुरु पास्टरले महिलामाथि निर्घात कुटपिट गरेका छन् ।
गोरखा नगरपालिका ८ कट्टेलडाँडाकी पास्टर निरमाया परियारले बिरामी संगीता परियारमाथि निको गराउने भन्दै निर्घात कुटपिट गरेकी हुन्।
आफु टाउको दुख्ने ज्वोरो आउने गरेपछि बताउदै गर्दा आफ्नै आमाजू नातालाग्नेले ठिक गर्ने निहुमा भुत्याउने, कुट्ने, कोपर्ने, चिथोर्ने गरेको पीडित संगीताले बताईन ।
संगीता आफु क्रिश्चियन पनि नभएको र पास्टर निरमायाले आफुलाई बिहान ६ बजेदेखि दिनको १ बजे सम्म कुटेको र कुटाईबाट आफु सिकिस्त बिरामी रहेको बताईन ।
आफुलाई सन्चो बनाउने निहुमा कुटपिट गर्ने आमाजू निर्मायालाई कारवाहीको माग गर्दै संगीताले मंगलबार जिल्ला प्रहरी कार्यालयमा उजुर दिएको बताईन ।
तर प्रहरीले भने अहिले कोरोना संक्रमण बढीरहेको हुनाले थुनुवामा नराख्ने भन्दै दुवैलाई बोलाएर मिलापत्र गराईदिएको डिएसपी बासुदेव खतिवडाले जानकारी दिए।
अहिले अदालतपनि बन्द रहेको हुनाले अब देखि यस्तो कोहि कसैलाई नगर्ने सहमतिमा छोडिएको उनले बताए ।

