सलमान जेल जाँदा ८ अर्ब धरापमा टेलिभिजनलाई समेत झट्का नेपालको ओडिसिको ८ करोड पनि धरापमा ,,

चैत २३ , मुम्बई -सलमान खान कालो हरिण काण्डले फ्लिमी क्षेत्र मात्रमा नभयर टेलिभिजन मा पनि असर पर्ने भयको छ। हिजो मात्र उनलाई जोधपुर अदालतले ५ वर्ष जेल १० हजार धरौटी तोकेर जेल चलान गरेको छ ।उता भने उनलाई लगेर सुरु गरियको फ्लिम रेस ३ ,को सुटिङ कार्य रोकियको छ। रेस ३ मा सलमान खान मुख्य भूमिकामा छन् सलमान जेल जाने भयपछि यो फ्लिम पनि धरापमा परेको छ।  रेस ३, फ्लिम १५० करोड रुपैयाँ लगनी भयर निर्माण भैरहेको छ, र यो प्रोजेक्ट बिचैमा रोकियको छ।

,,यदि अदालतले उनलाई धरौटीमा छोडेन भने यो लागनी गरेको सबै लगानी खेर जाने छ,। उनको मुख्य भूमिका गरेर निर्माण भैरहेका फ्लिम करिब ८ अर्ब धरापमा छ ,साथै सलमान लाई अहिले जोधपुर जेलमा राखियको छ। उनलाई जेलको दोस्रो खण्डमा राखिने छ । उनि यहाँ कैदी न १०६ को रुपमा रहेका छन् ।जोधपु अदालतले भने अनुसार उनलाई अझै बडी सजाय हुन सक्थ्यो तर सलमानका वकिलले केश लडे अनुसार उनलाई यो सजाय कम हो।

त्यति मात्र नभयर दबंग सिरिजको तेस्रो श्रृङ्खला ‘दबंग-३’ चाँडै सुरु गर्ने तयारी छ , यस फिल्ममा सलमानका साथै सोनाक्षी सिन्हा पनि छिन् । यस फिल्मको बजेट १०० करोड रहेको छ ।फिल्म व्यापार समिक्षक अमोद मेहराले बताय अनुसार रेस-३ बाहेक उनका अन्य फिल्म दबंग -३, किक-२ र भारतको सुटिङ सुरु भएको छैन , तर, सुटिङ सुरु हुनुभन्दा अगाडी पि्रप्रोडक्सनको काममा १०० करोड जति खर्च भएको हुन्छ ।

टेलिभिजनमा असर ,,

फिल्ममा मात्रै हैन सलमानको अभाव टेलिभिजन रियालिटी शोमा पनि खट्किने छ । सलमान १० वर्षपछि ‘दस का दम’ लिएर आउने तयारीमा थिए । उक्त कार्यक्रमको प्रोमो सार्वजनिक भइसकेको छ । यसमा सलमान खान होस्टको रुपमा थिए । अमोद मेहराका अनुसार ‘दसका दम-२’ का लागि च्यानलले निकै खर्च गरिसकेको छ ।यस्तै सलमानले टिभी शो बिग बोसमा होस्टको भुमिका निर्वाह गरेका थिए । अहिले बिग बोस १२ औ श्रृङ्खलाको तयारी सुरु भएको छ ।

सजाय सुनाउँदै न्यायाधीशले भने– सलमान फिल्म स्टार हुन, उनलाई दुनियाँले हेरिरहेको हुन्छ ,,

अदालतमा सुनुवाइका क्रममा न्यायाधीशले सलमानको वकिलले पेश गरेका प्रमाणलाई अयोग्य सावित गरिदिएका थिए । न्यायाधीशले सजाय सुनाउँदै भने, ‘सलमान फिल्म स्टार हुन, उनलाई दुनियाँले हेरिरहेको हुन्छ ।साथै न्यायाधीशले वन्यजन्तुको अवैध शिकार, अपराधको गम्भीरता, तथ्य र प्रमाण हेर्दै सलमानलाई छुट दिनु न्यायोचित नहुने धारणा राखे । ‘अदालत अभियुक्तका वकिलद्वारा पेश गरेको प्रमाणको सम्मान गर्छ तर, अदालतको आफ्नै मान्यता छ,’ उनले भने ।

अपराधको प्रकृति, विभिन्न तथ्य, सलमानविरुद्व लागेको आरोपले पनि सलमानले अपराध गरेको पुष्टि भएको उनले फैसला गरेका थिए ।यो कार्यमा संलग्न भनियका सैफ अलि खान र तब्बु लाइ अदालतले सफाई दिईसकेको छ ।