युएईमा ११ जना नेपालिलाई कोरोना संक्रमण ,
चैत २४ ,काठमान्डौ – युएईमा अथप ३ जना नेपालिलाई कोरोना संक्रमण फेलापरेपछि कोभिड-१९) बाट संक्रमित नेपालीहरुको सख्या ११ पुगेको छ ।
अनुसार हालसम्म यूएईमा २ जना नेपालीहरु सफल उपचार पाएर निको भएका छन्। ९ जनाको स्थिति सामान्य रहेको र यूएईका विभिन्न अस्पतालहरुमा उपचार भइरहेको दूतावासले जनाएको छ।
युएई सरकारले कोरोना संक्रमित हरुको उपचार निशुल्क गरिरहेको छ भने संक्रमित नेपालिहरुका परिवारसंग नियमित संपर्क भइरहेको यूएईका लागि नेपाली राजदूत कृष्णप्रसाद ढकालले बताए ।
हालसम्म यूएईमा १७९९ जना संक्रमित भएका छन्। संक्रमितमध्ये १४४ जना उपचारपश्चात निको भएका छन भने १० जनाको मृत्यु भएको छ।

