Gold
Bangad salyan

कालोबजारी गर्ने अग्रवालको अवैतनिक दूत पद खारेज,

चैत २७ ,काठमान्डौ – कालोबजारीको आरोपमा पक्रा परेका किर्गिस्तानका मानार्थ अवैतनिक दूत सुलभ अग्रवालको पद खारेज गरेको छ ।

अग्रवालले ३५ सय बजार मुल्यको थर्मन गण १५ हजारमा कालोबजारी रहेको भन्दै प्रहरीले उनलाई आफ्नै अफिसबाट पक्राउ गरेको थियो ।

अवैतनिक दूतले पटकपटक आफ्नो ओहोदा र सुविधाको दुरुपयोग गरेको घटना आउन थालेपछि सरकारले उपलब्ध गराउँदै आएको सबै कूटनीतिक सुविधा (निलो प्लेट, निर्वाद सिंहदरबार प्रवेश पास, झण्डाको उपयोग, एअरपोर्टको भीआईपी कक्षलगायत कूटनीतिक उन्मुक्ति) बुधबार खोसेको छ ।

अग्रवाल सुलभ ग्रुप संचालक संगै किर्गिस्तानको अनररि कन्सुलर पनि हुन् । उनलाई २५ गते महानगरीय अपराध महाशाखाले पक्राउ गरेको थियो ।

कूटनीतिक उन्मुक्ति लिएर कालोबजारीमा समेत अवैतनिक दूतहरु सक्रिय हुन थालेपछिपरराष्ट्र मन्त्रालयले विज्ञप्ति नै जारी गरेर औपचारिक कार्यक्रमको लागि उपलब्ध गराएको सुविधा अन्य समयमा पनि प्रयोग भएपछि सुविधा फिर्ता गरेको हो।

मन्त्रालयले अर्को सूचना नआएसम्मको लागि उनको पद खारेज गरेको हो।पक्राउ परेका अग्रवाललाई प्रहरीले बुधवार नै सरकारी वकिल कार्यालयमार्फत म्याद थपका लागि सिडिओ कार्यालयमा पेश गरेको थियो ।

जिल्ला प्रशासन कार्यालय काठमाडौँका प्रमुख जिल्ला अधिकारी (सिडिओ) जनकराज दाहालले अग्रवाललाई सात दिन हिरासतमा राख्न अनुमति दिएका छन् ।उनीमाथि अहिले थप अनुसन्धान भईरहेको छ ।