सुस्तामा आगलागी बाट घर जलेर नस्ट ,
चैत २७ ,नवलपरासी पश्चिम – नवलपरासी पश्चिमको सुस्ता गाउँपालिका वडा नं २ गुदरियामा आगलागिबाट एक घर जलेर पूर्ण रूपमा नष्ट भएको छ ।
दिउँसो करिब साढे तीन बजेको समयमा एक्कासि रामबिलास रायको फुसको घरमा आगो लागेर घर पुर्ण रूपमा नष्ट भएको कुडिया प्रहरी चौकीले जनाएको छ ।
घरमा लागेको आगोले खाद्यान्न, लत्ताकपडा, विद्युतीय सामाग्री, आवश्यक कागजात र नगद रकम ३ हजार जलेर नष्ट भएको छ भने करिब २ लाख बराबरको क्षति भएको प्रहरी चौकी कुडियाले जानकारी गराएको छ ।
रायको घरमा लागेको आगोलाई स्थानीय, सशस्त्र प्रहरी र नेपाल प्रहरीको प्रयासमा नियन्त्रणमा लिन सफल भएको छ ।आग लागि कसरि भयो भन्ने बारेमा भने प्रहरीले अनुसन्धान गरिरहेको बताएको छ ।
घरमा आगो लागेर खाने कुराहरु जलेर नष्ट भएपछि घटना स्थलमा पुगेका सुस्ता गाउँपालिका अध्यक्ष राम प्रसाद पाण्डेयले गाउँपालिकाबाट एक बोरा चामल, १० किलो दाल र १ थान त्रिपाल पिडित रायलाई सहयोग गर्नुभएको छ ।
अंगद यादव/ नवलपरासी पश्चिम,

