Gold
Bangad salyan

एनआईसी एशियाबैंकले कर्णाली प्रदेशका जेहेन्दार विद्यार्थीलाई छात्रवृत्ति ,,

२४ चैत, काठमाडौं – एनआईसी एशिया बैंकले कर्णाली प्रदेशका ८ जना जेहेन्दार विद्यार्थीहरुलाई रू २ लाख रकम छात्रवृत्ति वितरण गरेको छ । आगामी दिनमा विद्यार्थी हरुले अध्यनका लागि सहज होस् भन्ने उदेश्यले कालिकोट जिल्लाका माध्यामिक शिक्षा हासिल गारी राजधानीमा अध्यन गर्न गयका जेहेन्दार तथा द्वन्द पिडित विध्यार्थिहरुलाई रकम प्रदान गरियको हो

बैंकले मुलुकभर फैलिएको आफ्नो १९२ वटा शाखा कार्यालयहरु मार्फत देशका विभिन्न स्थानहरुमा सामाजिक कार्यहरुमा सहयोग गर्दै आईरहेको र भविष्यमा पनि निरन्तर यसरी नै सामाजिक कार्यहरुमा सहयोग गरिरहने प्रतिबद्धता जनाएको छ ।यस्ता कार्यक्रमहरुले अन्य संघ संस्था तथा व्यक्तिहरुलाई पनि सामाजिक उत्तरदायित्वको बोध गराउने र देश विकासका कार्यहरुमा योगदान पुर्‍याउन प्रोत्साहन गर्ने विश्वास बैंकले लिएको छ ।