प्रहरीसंग विवाद गर्दा गर्दै बेहोस महिलाको मृतु स्थानीय भन्छन प्रहरीले कुटेर बेहोस भएको हो ,
वैशाख १ ,सप्तरी – प्रहरीसंग वाद विवाद गर्दा गर्दै बेहोस भएकि एक महिलाको मृतु भएको छ ।
सप्तरीको खड्ग नगरपालिका ६ बीरपुरमा लकडाउन उल्घंघन गरेर सर्वसाधारण बाहिर निस्केको सूचना पाएर ईलाका प्रहरी कार्यालय कल्याणपुरको टोलि पुगेको थियो ।
टोलि संग ६५ बर्षीया जयनव खातुन हामीले काम नगरी खान मिल्दैन ,घरमा बस्ने हो भने सरकारले दिन पर्यो नि के हामि भोकै मर्ने भन्दै विवाद भएको थियो ।
तेसरीनै बोलिरहेकी बृद्वा एककासी बेहोस बन्न पुगिन प्रहरी प्रवक्ता एवं डीएसपी तिलक भारतीले भने, ।
बेहोस भएकी उनलाई स्थानीय अस्पतालमा प्राथमिक उपचार गराई थप उपचारका लागि गजेन्द्रनारायण सिंह सगरमाथा अंचल अस्पतालमा ल्याउनेवित्तिकै उनको मृत्यु भएको प्रहरीले जनाएको छ ।
उनी मुटुका रोगी भएको प्रहरीले बताएको छ । बोल्दा बोल्दै ति बृद्वा बेहोस भएको बताएपनि स्थानीयले भने प्रहरीले कुटेर उनको मृतु भएको बताएको छ ।
जयनवका पति हाजी कमरुद्धिन ट्याक्टरमा सामान लोड गरिरहँदा प्रहरीले उनी र पत्नी जयनवलाई कुटेको स्थानीयले बताएका छन् ।

