Gold
Bangad salyan

कैलालीकि एक संक्रमित महिला सवार बसमा गुर्भाकोट सहारेका युवा पनि सवार थिए ,

वैशाख २ ,काठमान्डौ – कैलालीको एक संक्रमित महिला सवार बसमा सवार रहेका सुर्खेत गुर्भाकोट वडा न .४ सहारे औँपटाकुराका लोक बहादुर ओली आफ्नो घरमा पुगेका छन् ।

घरमा पुगेपछि उनलाई थप कडाईका साथ् होम क्वारेईनटाईनमा राखीएको सुर्खेत सहारे हेल्थपोस्ट प्रमुख किरण ओलीले जानकारी दिएका छन् ।

लोक बहादुर ओली गत चैत ९ गते भारतको दिल्लीबाट हिंडेर विरगंज आईपुगेका थिए ।महेन्द्रनगर जाने बसमा संकर्मित महिला सवार बसमा ओली पनि सवार रहेका थिए।

ति महिलामाथि (कोभिड १९) फेलापरेपछि ओलीलाई चैत २९ गते र्‍यापिड टेस्ट गरिएको छ। टेस्टमा नेगेटिभ देखिएपछि उनीमाथि थप आजपनि र्‍यापिड टेस्ट गरिएको र नेगेटिभ देखिएको किरण ओलीले बताए ।

लोक बहादुर ओलीको थप पिसिआर जाँचको लागि स्वाब प्रदेश अस्पताल सुर्खेत पठाईएको र रिपोर्ट भोलि आएपछि जानकारी गराईने सहारेका हेल्थ पोस्ट प्रमुख किरण ओलीले जानकारी दिए ।

अहिले सम्मको सबै चेक जाँचमा कोरोनाका कुनै लक्ष्न फेला नपरेको हुनाले उनको रिपोर्ट पनि नेगेटिभ आउने ओलीले बताए ।

सरकारले गत चैत ११ गते लकडाउन गरेपछि लोक बहादुर ओली चैत १७ गते हिंडेर विरगंजबाट कोहोलपुर पुगेका थिए भने १९ गते घर सुर्खेत सहारे आँपटाकुरा पुगेका थिए।