Gold
Bangad salyan

लामो दुरीमा कसैलाई पनि हिँडेर जान नदिईने ,

वैशाख ५ ,काठमान्डौ – जो जँहा छ तेही ठाँउमा राखेर खान बस्न व्यवस्था गरिने लामो दुरीको यात्रामा हिँडेर जना नदिने आजको मन्त्रिपरिषदको बैठकले बताएको छ ।

प्रधानमन्त्री निवास वालुवाटारमा अहिले पनि मन्त्रिपरिषदका सदस्यहरू, उच्चस्तरीय समन्वय समितिको बैठक चलिरहेको छ ।

लकडाउन लम्बिँदै गर्दा मानिसहरु हप्तादिनसम्म हिँडेर भएपनि गाउँ जाने क्रम बढेपछि प्रधानमन्त्री ओलीले बालुवाटारमा मन्त्रीहरुलाई बोलाएर छलफल गरेका थिए ।

बैठकमा प्रधनमन्त्री केपी शर्मा ओली र सीसीएम्सीका सदस्यहरूसहित पनि छाल्फई भईरहेको वालुवाटार विशेष श्रोतले जनाएको छ ।

बैठकमा काेराेना भाइरस संक्रमणविरूद्द जारी लकडाउन र यसकाे कार्यान्वयनका बारेमा एकीकृत छलफल र समीक्षा भईरहेको पनि प्रधानमन्त्री कार्यालयले जनाएको छ ।