Gold
Bangad salyan

मन्त्रीपरिषदले ल्याएका दुवै अध्यादेश रास्ट्रपतिले जारि गरिन ,

वैशाख ८ ,काठमान्डौ – मन्त्रिपरिषद्ले पास गरेका दुई अध्यादेश राष्ट्रपति विद्यादेवी भण्डारीले जारी गरेकी छन् ।

मन्त्रिपरिषद् बैठकले निर्णय गरेर सिफारिस गरेकाे केही घण्टामै राष्ट्रपतिले सोमबार अध्यादेश जारी गरेकी हुन् ।

राष्ट्रपतिले राजनीतिक दलसम्बन्धी (दोस्रो संशोधन) अध्यादेश र संवैधानिक परिषद् (काम, कर्तव्य, अधिकार र कार्यविधि) सम्बन्धी (पहिलो संशोधन) अध्यादेश, २०७७ लाई प्रमाणीकरण गरेकी हुन् ।

राष्ट्रपति कार्यालयका सहायक प्रवक्ता केशवप्रसाद घिमिरेले सोमबार साँझ जारी गरेको प्रेस विज्ञप्तिमा सो कुरा उल्लेख गरिएको छ ।