Gold
Bangad salyan

कोरोना महामारीमा सरकारले बेमौसमी बाजा बजायो नेपालि कांग्रेस,

वैशाख ८ ,काठमान्डौ – प्रतिपक्षि दल नेपालि कांग्रेसले कोरोना महामारीको बेलामा सरकारले बेमौसमी बाजा बजाउने काम गरेको बताएको छ ।

सोमबारको मन्त्रिपरिषद् बैठकले राजनीतिक दलसम्बन्धी कानूनमा संशोधनगरेपछि काँग्रेस प्रवक्ता विश्वप्रकाश शर्माले बेमौसमी बाजा नबचाउन आग्रह गरेका हुन् ।

संसारकै अहिलेको प्रधान प्राथमिकता कोरोनामाथी विजय हासिल गर्ने भएकाले मुलुकमा अन्य विषय गौण भएको शर्माले आफ्नो सामाजिक संजालमा लेखेका छन्।

हाम्रो सम्पूर्ण सोच र शक्ति नेपाल र नेपालीको रक्षाका लागि एकतापूर्वक समर्पित रहनैपर्छ शर्माले लेखेका छन् ।