Gold
Bangad salyan

आज दुई बजे लकडाउनको निर्णय के ओला ,

बैशाख १४ काठमान्डौ – लकडाउन खुकुलो कि मोडालिटी परिवर्तन गर्ने भन्ने बारे आज २ बजे मन्त्रिपरिषद् बैठक बस्दैछ ।

हिजो बसेको कोरोना भाइरस रोकथाम तथा नियन्त्रण उच्चस्तरीय समन्वय समितिको बैठकले लकडाउनको विश्लेषण गरेर निरन्तरता दिने वा स्वरुप परिवर्तन गर्ने लगायतका विभिन्न प्रस्तावमा छलफल गरि प्रधानमन्त्री कार्यालयलाई जानकारी गर्ने बताएको थियो ।

कोरोना भाइरस संक्रमण फैलिएपछि सरकारले गत चैत ११ यता लगातार लकडाउन घोषणा गर्दै आएको छ ।

पछिल्लो समय संक्रमणको अवस्था हेरेर केही स्थानमा लकडाउन खुकुलो पार्ने कि भन्ने बहसहरु पनि भइरहेका छन् ।

यसबारे मन्त्रिपरिषद बैठकले छलफल गरेर अन्तिम निर्णय गर्नेछ । गत चैत ११ गतेबाट गरिएको लकडाउन बैशाख १५ गतेको समय भोलि सकिदै छ ।