Gold
Bangad salyan

रेल र जलमार्ग बनाउनु भन्दा पहिले हामीले त्यो के का लागि ल्याउने भन्ने कुरा स्पस्ट हुन जरुरि :गगन थापा ,

२८ चैत, काठमाडौं – नेपाली कांग्रेसका नेता गगन थापाले रेल र जलमार्ग गाउँमा पुगेको सडक जस्तो नहोस् भनेका छन् ।२०३३ मा वीपीले सडक बन्यो भन्दैमा ,विकास भयो नठान्नुहोला भनेको स्मरण गराउदै उनले रेल र जलमार्ग हुन्छ भन्दैमा बन्यो भन्ने न ठान्नु होला भन्ने स्मरण गरायका छन् यदि बनाउने हो भने तेस्मा के पठाउने भन्ने बारेमा पनि जानकारी हुनु पर्ने संज्ञा दियका छन् वा हामीले त्यो बाट के फाइदालिन सक्छौ वा देशलाई के फाइदा हुन सक्छ भन्ने बारेमा सोच्न पर्ने हुन्छ भनेका छन् ।

बुधबार एसोसिएसन अफ र्‍याˆटिङ एजेन्सीजको कार्यक्रममा थापाले भने, ‘रेलमार्ग, जलमार्ग जेजे कुरा गरिरहेका छौं, यसको उद्देश्यमा हामी अहिले प्रष्ट हुनुपर्छ ।जननायक वीपी कोइरालाले ०३३ सालमा नै ‘बाटो त आयो तर, गाउँको उत्पादन लिएर जान सकेन भने त्यो विकासको सूचकांक हुँदैन’ भनेको सुनाउँदै उनले भने, ‘रेलमार्ग आउँदा, जलमार्ग बन्दा त्यसले हाम्रो इकोनामीलाई के दिन्छ भन्ने अहिले प्रष्ट हुनुपर्छ । त्यो रेलबाट ब्यापार गर्ने हो कि पर्यटक ल्याउने हो ?

रेल, जलमार्गमा होइन, ठूला विमानस्थल लगायतका भौतिक पूर्वाधार बनाउँदा त्यसको उद्देश्य प्रष्ट हुनु पर्ने बताए । आफूरेलमार्गको विरोधी नभएको उनको भनाइ छ ।