लकडाउन थप कडाई गर्न गृहको पत्र
बैशाख १५ काठमान्डौ – लकडाउनलाई थप कडाई गर्न गृहमन्त्रालयले परिपत्र गरेको छ ।
मन्त्रालयले सबै जिल्ला मातहातका प्रशासन कार्यालयलाई आज परिपत्र गर्दै पासविनाका कुनै पनि सवारी साधन आवतजावतमा रोक लगाउन निर्देशन दिएको छ ।
लकडाउनका कारण बीच बाटोमा अलपत्र परेका नागरिकलाई स्थानिय सरकारले साँझको समयमा केही दिन सवारी सञ्चालनमा अनौपचारिकरुपमा खुकुलो गराइएकाले अधिकांशको उद्धार भइसकेको गृहमन्त्रालयको ठहर छ ।
ठुलो समूहको रुपमा उद्दार गरि सम्बन्धित जिल्लामा गईरहेका नागरिक गाँउ गाँउमा पस्दा थप कोरोनाको संक्रमण बढ्ने भन्दै गृहले थप कडाई गर्न लागेको हो ।

