Gold
Bangad salyan

होम क्वारेईनटाईनमा नबस्ने तिन जना पक्राउ ,

बैशाख १६ काठमान्डौ – होम क्वारेईनटाईनमा नबस्ने तिन जनालाई प्रहरीलेले पक्राउ गरेको छ ।

होम क्वारेन्टाइन बस्ने शर्तमा काठमान्डौबाट उद्दार गरेर घर ल्याइएका हलेसी तुवाचुङ नगरपालिकाका तीन जनालाई शर्त पालना नगरेको भनेर पक्राउ गरिएको इलाका प्रहरी कार्यालय हलेसीले पक्राउ गरेको हो ।

काठमान्डौबाट घर जाँदा १४ दिन होम क्वारेन्टाइनमा बस्ने कबुलियत्नामा गरेर पुगेका हरु कबुलियत्नामा उल्लघन गरेको आरोपमा पक्राउ परेका हुन् ।

घरबाट निस्केर डुलिरहने, मादक पदार्थ सेवन गर्ने र होहल्ला गर्दै हिँडेको अवस्थामा वडान ४ बडहरेका युवालाई पक्राउ गरिएको इलाका प्रहरी कार्यालय हलेसीका प्रमुख प्रहरी निरीक्षक दिनेशप्रसाद खरेलले बताए ।

युवाहरुलाई छुटाउन राजनीतिक दबाब आएको र कबुलियतनामा उलङ्घन गर्नेलाई सम्बन्धित वडाध्यक्षको रोहबरमा वडा कार्यालयले निर्माण गरेको क्वारेन्टाइनमा पठाईने खरेलले बताए ।

शहरबाट गाँउ पसेकाहरुबाट्नै संक्रमण फैलिन सक्ने भन्दै सामाजिक दुरी कायम गरेर परिवारका सदस्यसँग सम्पर्क स्थापित गर्ने, मादक पदार्थ सेवन नगर्ने, स्वास्थ्यमा समस्या भएमा तत्काल स्वास्थ्यकर्मीलाई सम्पर्क गर्ने लगायतका दश बुँदे कबुलियतनामा गराएर घर ल्याइएको नगरप्रमुख इवन राईले बताए ।