Gold
Bangad salyan

कोरोना संक्रमणका कारण जापानमा १४ राष्ट्रका नागरिकलाई भ्रमणमा रोक ,

बैशाख १६ टोकियो – जापानका प्रधानमन्त्री शिन्जो आबेले १४ राष्ट्रका नागरिकलाई आफ्नो देशभित्र प्रवेशमा कडाई गर्ने सोमबार घोषणा गरेका छन्।

ति मुलुकमा कोरोना भाईरस संक्रमण फैलिएपछि पेरु ,रसिया,र साउदी अरेबिया समेतका थप प्रतिबन्ध लगाउनु परेको प्रधानमन्त्री आबेले बताएका छन् ।

प्रधानमन्त्री आबेले सरकारको पछिल्लो घोषणा यही बुधबारदेखि लागू हुने बताए। जापानले यस अघि ७० मुलुकका नागरिकलाई जापान प्रवेशमा प्रतिबन्ध लगाएको थियो।

जापानले यो अघि गरेको प्रतिबन्ध घोषणा मुलुकमाथि लागेको प्रतिबन्ध यही अप्रिल ३० मा सकिँदै थियो तर उक्त मितिलाई पनि आगामी मे महिनाको अन्त्यसम्म बढाइएको छ।

तेस्तै जापानले मे ६ सम्मकालागि आपतकालीन स्थितिको घोषणा गरिएको छ। जापानमा हाल सम्म ३६४ जनाको मृतु भएको छ भने १३ हजार बढी संक्रमित रहेको जापानको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

जापानका सरकारी अधिकारीहरु र विज्ञहरुले कोरोना संक्रमण रोकथामका लागि हाल अपनाइएका उपायहरु सफल रहे वा नरहेको बारेमा सूक्ष्म विश्लेषण गरिरहेका छन्।