दाङ्मा पनि भेटियो कोरोना थप ९ जना सहित संक्रमितको संख्या २६७ पुग्यो
जेठ २ ,काठमान्डौ – नेपालमा थप ९ जनामा कोरोन संक्रमण पुस्टि भएको छ ।
पर्साका ९ वर्षीय बालक, विरगञ्जका १० वर्षीय बालक, २३ र ४७ वर्षीय महिलामा संक्रमण देखिएको हो ।
त्यसैगरी उदयपुर त्रियुगा नगरपालिका निवासी २५ वर्षीय पुरुषमा पनि संक्रमित देखिएका छन् ।
दाङ्गमा भने पहिलोपटक कोरोना देखिएको स्वास्थ्य सम्त्रालयले बताएको छ । दाङको गढवा ४ का २३ वर्षीय पुरुष, गढवा ५ कै ३६ वर्षीय पुरुष र तुलसीपुर ७ निवासी ३४ वर्षीय पुरुषहरुमा कोरोना पुष्टि भएको छ ।
शुक्रबार मन्त्रालयले विज्ञप्ती जारी गर्दै राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला, विपि कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान, धरान र भेरी अस्पताल नेपालगञजमा गरिएको परिक्षणमा ९ जनामा कोरोनाको संक्रमण देखिएको जनाकारी दिएको छ ।
यो संगै नेपालमा संक्रमितको संख्या २६७ पुगेको हो ।

