सच्चियो राष्ट्रपतिको सम्बोधन वर्तमान सरकार,
जेठ २ ,काठमान्डौ – संघीय संसदमा राष्ट्रपति विद्यादेवी भण्डारीले नीति तथा कार्यक्रम प्रस्तुत गर्दा गत वर्ष गरेको सम्बोधनलाई सच्याएर वर्तमान सरकार भनेकी छिन ।
राष्ट्रपतिले गत वर्ष मेरो सरकार भनेकी थिइन् जसले गर्दा चर्को विरोध र आलोचना भएको थियो ।
शुक्रबार आर्थिक वर्ष २०७७/०७८ को नीति तथा कार्यक्रम पेश गर्दा राष्ट्रपतिले वर्तमान सरकार, ‘यो सरकार’ र ‘नेपाल सरकार’ भनेर सम्बोधन गरेकी छन्।
नेपालका पहिलो राष्ट्रपति रामवरण यादवले संसदमा गरेका सम्बोधनमा ‘नेपाल सरकार’ भनेका थिए।
राजतन्त्र कालमा राजाले संसदमा गर्ने सम्बोधनमा सधैं ‘मेरो सरकार’ भन्ने गर्थे।

