आजबाट जिल्ला भित्रका सवारी पास रद्द,
जेठ ३ ,काठमान्डौ – लकडाउनको बेला संचालन गर्न जारि गरिएका सवारी साधनका पास आजदेखि सबै रद्द गरिएको छ ।
गृहमन्त्रालयले शुक्रबार पुन अर्को सूचना जारी गरी जेठ ३ गतेबाट जिल्ला भित्रका सवारी पास पनि रद्द गरिएको जानकारी गराएको छ ।
सोही सूचनाका आधारमा जिल्ला प्रशासन कार्यालयहरुले पनि छुट्टै सूचना जारी गरेर सवारी पास रद्द गरिएको जानकारी दिएका छन् ।
केहि दिन यता नेपालमा दैनिक जसो कोरोना संक्रमित फेला पर्न थालेपछि अत्यावस्यक बस्तु लगायतका सबै चिजलाई बन्द गरिएको गृहमन्त्रालयले बताएको छ ।
काठमाडौं जिल्लाको हकमा जिल्ला प्रशासन कार्यालयको वेबसाइटको सूचनाअनुसार प्रक्रिया पूरा गरी पास लिन सकिने गृह मन्त्रालयले जनाएको छ ।
संचारकर्मी हरुलाई सुचना विभागको पास देखाएर आवत जावत गर्न सकिने छ । एक जिल्ला बाट अर्को जिल्लामा जानलाई १ गते देखिने मन्त्रालयले सवारी पास रद्द गरिसकेको छ ।
तेस्तै आज देखि काठमान्डौको सडक गल्लीमा हिड्ने भिड भाड क्लोहल गर्ने जस्ता कार्य फेलापरेमा तुरुन्तै कारवाही गरिनेपनि प्रसासनले जानकारी गरेको छ ।

