ढँटुवा प्रधानमन्त्री कक्षा ८ को किताबमा लिम्पियाधुराको नक्सा छ अध्यक्ष ग्रेटर नेपाल,
फडिन्द्र नेपाल ,
जेठ ५ ,काठमान्डौ – ग्रेटर नेपालका अध्यक्ष फडिन्द्र नेपालले प्रधानमन्त्री केपी शर्मा ओलीले लिम्पुयाध्रुराको चुच्चो परेको नेपालको नक्सा आफुले अहिले सम्म नदेखेको र त्यस्तो नक्सा आजसम्म नछापिएको भनेर जनताको अगाडी झुट बोलेको बताएक छन्।
प्रधानमन्त्री केपी शर्मा ओलीले केहि हप्ता अगाडीको एक अन्तर्वार्तामा आफुले अहिले सम्म नेपालको नक्सा सहितको किताबमा नपढेको बताएका थिए।

फडिन्द्र नेपालका अनुसार भने २०१५ मा नेपाल सरकार शिक्षा मन्त्रालय पाठ्यक्रम विकास केन्द्रले प्रकाशित गरेको कक्षा ८ को अंग्रेजी किताबको पृष्ठ १२१ मा लिम्पियाधुरा सहितको नक्सा छापीएको छ ।
उक्त पुस्तकको पहिलो पुनर्मुद्रण सन् २०१६ मा भएको उनले बताए। तेस्तै नेपालका अनुसार उक्त सक्सा सहितको किताब सन् २०१७ मा दोस्रो र सन् २०१८ मा यसको तेस्रो पुनर्मुद्रण भएको समेत बताईएको हो ।

ग्रेटर नेपाल राष्ट्रवादी मोर्चाले सन् २००५ तिरै लिम्पियाधुरा सहितको ग्रेटर नेपालको नक्सा प्रकाशित गरेको र उक्त नक्सा गुगलमा देख्न सकिने नेपालले बताए ।
नेपाली भुमि कालापानी लिपुलेख लिम्पुयाधुरा नेपालि भूमिमा भारतले अतिक्रमण गरि मानसरोवरको लागि सडक विस्तार गरेको छ ।
जसको नेपालमा चर्को विरोध भईरहेको छ। नेपाल सरकारले कुटनीतिक पहलबाट सिमा समाधान गर्ने बताएको छ भारतले नेपाली भूमिमा अटेरी गरे अन्तरास्ट्रिय कानुनमा समेत जाने पनि नेपाल सरकारले जानकारी गरेको छ ।

सन् १९६२ बाट भारतीय सुरक्षाबल कालापानीमा बसेको ६० वर्ष सम्म कालापानीको मुद्दा रहिरहनु बिडम्बना रहेको पनि नेपालले बताए।
भारतले हाम्री नेपालि भूमिलाई नक्सामा छापेर अन्तरास्ट्रिय सम्म देखाउंदै हाम्रो भुमि हो भन्दै गर्व गर्दा नेपाल सरकार नबोलेको समेत उनले आरोप लगाए।
जमिन बेचेर भारतले नेपालि भुमिमा बाटो बनाउदा समेत जानकारी छैन भन्नु रास्ट्रविपरित काम गरेर नेपाली जनतालाई ढाटेर राष्ट्रवादी नदेखिन पनि उनले आग्रह गरे।
प्रधानमन्त्री केपी शर्मा ओली दुई पटक सम्म प्रधानमन्त्री भईसके ,सुस्ताको कुरा जँहा को तेही छ ,कालापानीम भारतले धमा धाम बाटो खनेर काम गरिरहेको छ उसले आफ्नो भुमि हो भनेर प्रमाणित गरेको छ। तर नेपालले भने यौटा नक्सा समेत छाप्न सकेन उनले भने।
नेपालको भुमि १ लाख ४७ हजार १ सय ८१ वर्ग किलोमिटरबाट १० हजार स्क्व्वाईर किलोमिटर जमिन नेपालमा नरहेको समेत उनले बताए।

