Gold
Bangad salyan

विदेशमा रहेका नागरिक ल्याउनेबारे छलफल गर्न मन्त्रिपरिषद बैठक ,

जेठ ५ ,काठमान्डौ -विभिन्न देशमा रहेका नागरिक ल्याउनेबारे छलफल गर्न ६ बजे साँझा मन्त्रिपरिषद बैठक बस्दै छ।

परदेशमा लाखौ नेपालि अलपत्रमा छन्। अहिले विभिन्न देशबाट नेपालीले आफ्नो देशमा आउन गुहार मागिरहेका छन्।

तेस्तै बंगलादेश लगायतका देशमा रहेका विद्यार्थीहरुले आफूहरुको उद्दारका लागि सरकारलाई आग्रह समेत गर्दै आएका छन् ।

यो विषयमा छलफल गर्न मन्त्रिपरिषद् बैठक भन्दा अघि रक्षा मन्लायलमा मन्त्रीहरुको बेग्लै छलफल हुने श्रोतले जनाएको छ ।

उपप्रधान एवं रक्षा मन्त्री ईश्वर पोखरेल, गृहमन्त्री रामबहादुर थापा, परराष्ट्र मन्त्री प्रदीप ज्ञवाली तथा कृषि मन्त्री घनश्याम भुसाललगायत यो छलफलमा सहभागी हुँदैछन् ।