Gold
Bangad salyan

नेपालको नँया नक्सालाई भारतले अस्विकार गर्यो ,

जेठ ७ ,काठमान्डौ – नेपाल सरकारले आज राजनीतिक र प्रशाशनिक ढंगले लिम्पियाधुरा  कालापानी र लिपुलेक क्षेत्र सहितको नक्सा जारि गरेपछि भारतले मान्य नहुने प्रतिक्रिया दिएको छ।

नेपालले एकतर्फी रुपमा नयाँ नक्सा जारी गरेको भन्दै बुधबार प्रकासित गरेको नेपालि नक्साको विषयमा बोल्दै भारतीय विदेश मन्त्रालयका प्रवक्ता अनुराग श्रीवास्तवले भारतीय भूमिलाई नेपालले आफ्नो नयाँ नक्सामा समेटेको आरोप लगाए ।

उनले भनेका छन्, ‘नेपालले आज एक संशोधित नक्सा सार्वजनिक गरेको छ । जसमा केही भारतीय भूमि पनि समेटिएको छ ।

यो एकतर्फी कदम हो र यो ऐतिहासिक तत्थ्य र प्रमाणमा आधारित पनि छैन । प्रवक्ता श्रीवास्तवले नेपाल–भारत सीमा विवाद कूटनीतिक वार्तामार्फत समाधान गर्ने द्विपक्षीय समझदारीभन्दा बाहिर गएर नेपालले कदम चालेको पनि बताएका छन् ।

उनले नेपालको कदमलाई ‘कृत्रिम विस्तार’ को संज्ञा दिँदै भारतलाई मान्य नहुने बताएका छन् । तेस्तै अगाडी भारतको विज्ञप्तिमा भनिएको छ ,नेपालले लिम्पियाधुरामा दाबी गरेको नक्सामा हाम्रो आपति छ एकपक्षीय रुपमा गरेको यो कार्य ऐतिहासिक तथ्य र प्रमाणमा आधारित छैन ।

सिमा विवादको बारेमा नेपाललाई सबै कुरा जानकारी हुँदापनि यस्तो अनुचित दाबी नगर्न र भारतको सार्वभौमसत्ता र भौगोलिक अखण्डताको सम्मान गर्न आग्रह गरिएको छ ।

भारतले अगाडी भनेको छ आशा छ कि नेपाली नेतृत्वले सीमा विवाद समाधानका लागि कूटनीतिक वार्ताका लागि सकारात्मक वातावरण बनाउनेछ ।