Gold
Bangad salyan

रौतहटमा थप ३५ जनामा कोरोना संक्रमनको पुस्टि ,

जेठ १४ ,रौतहट- रौतहटमा बुधबार थप ३५ जनामा कोरोनाको संक्रमण पुष्टि भएको छ ।

प्रमुख जिल्ला अधिकारी वासुदेव घिमिरेले काठमाडौंमा गरिएको परीक्षणमा पोजेटिभ देखिएको पुष्टि गरेका हुन् । संक्रमित सबै भारतबाट आएको हुन्।

रौतहटको चन्द्रपुर नगरपालिकाको क्वारेन्टाइनमा ७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

उनीहरु सबै गढीमाई नगरपालिकाका बासिन्दा हुन् । त्यस्तै गौर नगरपालिकामा ८, ईशनाथ नगरपालिकामा १६, देवाहीगोनाहीमा २, र कटहरिया नगरपालिकामा २ जनामा संक्रमण देखिएको प्रमुख जिल्ला अधिकारी घिमिरेले बताए ।‘

संक्रमण देखिएकाहरुलाई कहाँको आइसोलेसनमा राख्ने भन्ने छलफल भईरहेको र उनीहरु सबैको स्वास्थ्य सामान्य रहेको घिमिरेल बताए।यो संगै रौतहटमा संक्रमितको संख्या १०४ पुगेको छ।