Gold
Bangad salyan

विदेशमा रहेका नेपालीलाई फिर्ता गर्ने उच्चस्तरीय समितिको निर्णय,

जेठ १६ ,काठमान्डौ – सरकारले तेस्रोमुलुकमा रहेका नेपालीलाई स्वदेश फिर्ता गर्ने निर्णय गरेको छ।

शुक्रबार बसेको कोरोना रोकथाम तथा नियन्त्रण उच्चस्तरीय समन्वय समितिले नेपाल आउनै पर्ने अवस्थामा रहेका नागरिकलाई स्वदेश फर्काउने निर्णय गरेको हो ।

जसमा सरकारले २५ हजारलाई पहिलो चरणमा ल्याउने र तेस्को लागि १० दिन समय लाग्ने बताएको हो।

मन्त्रिपरिषद्‍ले यसअघि नै विदेशमा रहेका नेपालीलाई ल्याउने कार्यविधि पारित गरेको छ । पारित कार्यविधि अनुसार समितिले कार्ययोजना बनाएको हो ।

शुक्रबार पेश भएको कार्ययोजनामा मन्त्रीहरुले सुझाव दिएपछि त्यसलाई थप परिमार्जन गरेर अन्तिम रुप दिन मुख्यसचिव नेतृत्वको कार्यदललाई जिम्मा दिइएको छ ।

सो कार्ययोजनाबारे प्रधानमन्त्रीलाई जानकारी गराउन उपप्रधानमन्त्री सहितका मन्त्रीहरु बालुवाटार पुगेका छन् ।तेस्तै तेस्रो मुलुकबाट अहिले विभिन्न देशबाट ६ लाख नेपालि स्वदेश भित्र चाहेका छन्।

सरकारले भने नगरीको अवस्था हेरेर जसमा भिषा सकीएका ,गर्भवती ,रोजगार गुमेका,अस्वस्थ रहेका, सुत्केरी तथा गर्भवती महिला, बालबालिका, जेष्ठ नागरिक र अपाङ्गता भएका व्यक्तिहरुलाई स्वदेश फर्काउने तयारी गरेको छ।