Gold
Bangad salyan

नेपालमा कोरोना संक्रमितको संख्या १५ सय नाघ्यो ,

जेठ १८ ,काठमान्डौ – नेपालमा कोरोना संक्रमितको संख्या १५ सय ६७ पुगेको छ।

पछिल्लो २४ घण्टामा आइतबार थप १६६ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएसंगै यो संख्या पुगेको हो।

मन्त्रालयको नियमित मिडिया ब्रिफिङमा प्रवक्ता डा विकास देवकोटाले दिएको जानकारी अनुसार तनहुँका १ जना, स्याङ्जाका २ जना, पर्साका ५ जना, कालिकोटका १८ जना, दैलेखका १८ जना, बाजुराका १ जना, सल्यानका २५ जना, सुर्खेतका १ जना , बाँकेका ४ जना, नेपालगञ्जका ४ जना, सप्तरीका १२ जना, कैलालीका ३ जना, बाजुराका २ जना, झापाका ४ जना, धनुषाका २१ जना, कपिलवस्तुका ५ जना, रौटहतका २९ जना, सर्लाहीका १० जनामा कोरोन संक्रमण फेला परेको हो।

तेस्तै नेपालमा कोरोना संक्रमणबाट ८ जनाको मृतु भएको छ भने हाल सम्म २० जना निको भएर गाहार फर्केका छन्।